
झापा, २२ कात्तिक । झापाको भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखा परेसँगै आज देखि त्यस क्षेत्रमा कडाई गरिएको छ । बाक्लो जनघनत्व भएको दमक- ३ को बेलडाँगी शरणार्थी शिविरमा कार्तिक २२ गतेदेखि मंसिर २ गतेसम्म दिनमा दुई पटकको समय ३ घण्टा मात्र खुल्ला गरिने निर्णय गरिएको छ ।
बिहान ८ बजेदेखि १० र बेलुका ३ बजेदेखि ४ बजेसम्म अति आवश्यक कामका लागि खुल्ला गरिएको भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । शिविरभित्र बिनाकाम तोकिएको मापदण्ड, समयभन्दा बाहिर सवारी साधान प्रयोग गरिए नियन्त्रणसमेत लिनेगरी निर्णय गरिएको छ ।
शरणार्थी शिविरका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भए पछि कडाइ गरिएको हो । शरणार्थी शिविर बेलडाँगीमा भित्र अहिले झण्डै ५ हजार हाराहारीमा जनसंख्या रहेको छ ।