२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : सुदूरपूर्व धरानका भीमज्वाला राईलाई सुदूरपश्चिमको धनगढीमा सम्मान गरिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईलाई बुधबार धनगढीमा आयोजित कार्यक्रममा ‘गतिशील नेता’का रूपमा सम्मान गरिएको हो।

श्रम आन्दोलनसँगै पत्रकारिता, साहित्य, सामाजिक विभेदविरुद्धको संघर्ष र असहायहरुको सेवामा समर्पित भूमिका निर्वाह गरेबापत राईलाई सम्मान गरिएको हो।
उक्त सम्मान नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको अवसरमा प्रदान गरिएको हो।

राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा कार्यक्रममा विशिष्ट अतिथि प्रकाश मल्लले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

त्यस अवसरमा अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा सम्मान गरियो। जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई ‘कुशल संगठन सम्मान’,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक टेकराज जोशीलाई ‘दूरदर्शी व्यवसायी नेतृत्व सम्मान’,
र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई ‘संरक्षक सम्मान’ प्रदान गरिएको थियो।

अधिवेशनले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको उपाध्यक्ष– कृष्ण खड्का ,सचिव– गणेश खत्री,सह–सचिव– तेजबहादुर थारु ,कोषाध्यक्ष– गोविन्द खत्री चयन भएका छन्।

त्यस्तै, सदस्यमा राजु खत्री, चक्र चौधरी, पुष्पराज ओझा, भागीराम राना, अजव चौधरी र दीपक बस्याल सर्वसम्मत रूपमा चयन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!