
काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिएका छन् ।
विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरे ।
अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उमेद्वार जो वाइडन विजयी भएका हुन् ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020