विराटनगर:१७ जेठ: इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका बासिन्दालाई दिउँसो सम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध रहेको छ ।
पूर्वी नेपालका इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानमा आज बिहान भारी वर्षा मापन गरएिको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यी क्षेत्रमा अझै केही समय भारी वर्षा जारी रहने अनुमान गरिएकाे छ।
विभागले जारी गरेको विशेष बुलेटिन अनुसार, मेची, वरिङि, नन्दिा, कन्काई, चसिाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा र नुनखोलालगायतका साना नदी तथा खोलाहरूमा बाढी आउन सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी भेगमा लगातारको वर्षाका कारण खोला र नदीहरूमा आकस्मिक बहाव बढ्ने खतरा औंल्याइएको छ।
यस अवस्थामा जल तथा मौसम वभिागले स्थानीय प्रशासन, उद्धार नकिाय र सर्वसाधारणलाई दिउँसाे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी तथा खोलानजिक रहेका बस्तीहरू, कृषि याेग्य जमिन, तटीय संरचना र आवतजावतका मार्गहरूमा विशेष सावधानी अपनाउन भनिएकाे छ।
स्थानीय सरकार, सुरक्षाकर्मी र एफ एम, टेलभिजिन, लगायतका सञ्चार माध्यमहरूलाई सचेत रहँदै जनतालाई तत्काल जानकारी दिन विभागले अनुरोध गरेको छ।
पूर्वी नेपालका यी क्षेत्रमा मनसुनको सुरुआतसँगै बढेको वर्षाको प्रभाव अझै केही दिन कायम रहन सक्ने भएकाले दीर्घकालीन सतर्कता आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्।




