
विराटनगर, २३ कात्तिक । मोरङ धनपालथान गाउँपालिकामा गाईगोठमा आगलागी भएको छ । शनिबार धनपालथान गाउँपालिका–३ बाङ्गेबजार टोल बस्ने शिबचन यादवको गाईगोठमा आगलागी भएको हो ।
हिजो अपराह्न ४ बजे लामखुट्टे धपाउन बालेको आगो(घुर) बाट अचानक आगोलागी हुँदा ७० हजार बराबरीको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।
सो आगलागीमा मानवीय तथा चौपाया क्षति नभए पनि २ थान साइकल र गाईगोठ पूर्ण रुपमा जली नष्ट हुँदा भएको छ ।