२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर , २० जेठ : : गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेपछि आन्दोलनरत यातायात व्यवसायीले आन्दोल‍न फिर्ता लिएका छन्।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले गण्डकी प्रदेशको निर्णय आएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए।

राइड सेयरिङ एपको विरोधमा लामो समयदेखि दबाबमूलक आन्दोलन गर्दै आएका व्यवसायीले मंगलबार साँझको निर्णयसँगै आज (मंगलबार) बेलुकाबाट नै सवारी सञ्चालन गर्ने बताएका छन्।

महासंघका अनुसार अब सवारी सञ्चालनमा कुनै अवरोध नहुनेछ र भोलिदेखि देशभर नियमित रूपमा सार्वजनिक यातायात सेवा उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!