धरान : नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको प्रथम महाधिवेशनले उत्तम सिंह थाङदेनलाई सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्षमा चयन गरेको छ।
शनिबार सम्पन्न निर्वाचन सत्रमा थाङदेनको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नव गठित कार्यसमितिमा उपाध्यक्षहरू विवेक योङहाङ, गोमा आङदम्बे, शम्सेर तुम्बाहाम्फे, जापान थेबे, र पंच प्रतीक थलङ चयन भएका छन्। महासचिवमा भवानी विक्रम सम्बाहाङफे र उपमहासचिवहरूमा चक्र येक्तेन अभिषेक, हेमकुमार आङगला, भेषराज चेम्जोङ, विष्णुकुमार सेन्दाङ लिम्बु, र दिलीपकुमार आङबो रहेका छन्।
कार्यसमिति सदस्यहरूमा बाबुराम शेर्मा, रगमान थेबे, हस्तकला बेघा वनेम, भीमबहादुर चेम्जोङ, शान्ता नेम्वाङ, मुना आङदेम्बे, ढकलसिंह लिम्बु, प्रमीला जवेगु, सीता योङहाङ, विधान लिम्बु, प्रमेश विक्रम नेम्वाङ, सुजन सुब्बा फागो, अमृता लिम्बु, मोहन कुमार लिम्बु, तुमरान लिम्बु, आलोकहाङ लिम्बु, किस्मत फोम्बो र प्रमीला जवेगु रहेका छन्।
संस्थाको विधानअनुसार केन्द्रीय अध्यक्षले भूगोल र समावेशी आधारमा थप सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका थिए। बन्द सत्रमा कोशी प्रदेश अन्तर्गत अरुण कोशी पूर्व लिम्बुवानका ९ जिल्ला र काठमाडौं उपत्यका सहित १० जिल्ला समितिका प्रतिनिधि, पर्यवेक्षक तथा तदर्थ समितिका पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहेको थियो।




