
इटहरी, २३ कात्तिक । कोभिड–१९ को संक्रमण दर तीब्र रहेकोले सुनसरीमा तिहारमा देउसीभैलो र छठ पर्वमा जमघट गर्न प्रतिबन्ध लगाइएको छ ।
तिहारमा खेलिने देउसीभैलो र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रशासन सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।
आइतबार विज्ञप्ति जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले तिहार र छैठमा समूहमा मानिसहरु भेला हुने भएकोले त्यसलाई रोक्न निषेधाज्ञा जारी गरेको बताए ।