२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, २३ कात्तिक । इलाममा विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको हो ।

औषधीय गुण भएको र प्रतिकिलो १० लाखसम्म पर्ने केशरको विगत वर्ष जोगमाइमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रूपमा चिनिएको केशरको यस वर्ष सामूहिक खेती गरीे व्यावसायिक उत्पादन थालिएको हो ।

विगत वर्षमा उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको केशर उत्पादक किसान टुण्डु शेर्पाले बताए ।  उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादनपश्चात् दोस्रो वर्ष इलाममा यसको टिपाइ शुरु भइसकेको छ । यतिबेला किसान केशर टिप्न व्यस्त छन् ।

जौवारी मल्टीप्रपोज एग्रिकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती शुरु गरी विस्तार गरेको छ ।

उच्च मूल्यको जडीबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!