
झापा, २४ कात्तिक । झापाबाट ब्राउनसगुरसहित एकजना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर छेउबाट ब्राउनसगुरसहित १ जना पक्राउ परेका छन् ।
सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ बजे मेचीनगर-१४ का ३० वर्षीयकुमार बिकलाई ३ ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका बिकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।