विराटनगर १४ साउन: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
यससँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या थप बढेको छ। घटनापछि घाइते भएका अन्य व्यक्तिहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने सुरक्षा व्यवस्था अझ कडा पारिएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा थप शोक र तनावको अवस्था सिर्जना गरेको छ।






