
सुनसरी, २४ कात्तिक । हिन्दूहरूको दोस्रो ठूलो महान् पर्व तिहार नजिकिएसँगै दुहबी नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । दुहबी नगरपालिका भेटनरी शाखाको अगुवाईमा सोमबार दुहबीमा नगर क्षेत्रभित्रका विभिन्न पसलहरुका अनुगमन भएको हो ।
उक्त टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन दुहबी पालिकाले निरन्तर बजार अनुगमन गरिरहेको छ ।
यस्तैमा आजको अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको माछामासु जन्य, डेरी जन्य बस्तुको गुणस्तर कायम भए नभएको त्यसको खरिद देखी बिक्री मूल्यसमेत हेरेर कैफियत देखिएका १६ वटा पसललाई अन्तिम चेतावनी दिएको र अब उपरान्त सरसफाई तथा व्यवसाय दर्ता नभएकालाई दर्ता गर्नुपर्ने लगायतका निर्देशन दिईएको भेटनरी शाखाका प्रमुख प्रमोद झाले बताए ।
अनुगमनमा जिल्ला प्रसासन कार्यलय सुनसरीका अधिकृत मनु पोखरेल, दुहवी नगरपालिका प्रसासन अधिकृत डिक बहादुर कट्वाल, सञ्चारकर्मीलगायतका टोलीले अनुगमनमा सहभागी भएका थिए ।