
काठमाडौँ, २५ कात्तिक । सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमितहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोनाविरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
सबै मन्त्रीहरुको आधा तलब कोरोना उपचार कोषमा
बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले २०७७ सालको पारिश्रमिकमध्ये आधा तलब कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।