२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ कात्तिक । सरकारले नेपालमा रेल यातायात विकासका लागि यस वर्ष आठ अर्ब रुपैयाँ छुट्याएको छ । तयार भइसकेको रेलमार्गमा तत्काल रेल सञ्चालन गर्नुका साथै पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्ने योजना सरकारको छ ।

उत्साहित रुपमा बजेट छुट्याइए पनि त्यही उत्साहका साथ काम भने हुन सकेको देखिँदैन । जनशक्ति व्यवस्थापन गर्न नसक्दा र आवश्यक पूर्वाधारको समेत तयारी नहुँदा जनकपुर–जयनगर रेलमार्गमा तत्काल नियमित रेल सञ्चालन हुन नसक्ने भएको छ ।

असोजको पहिलो साता नेपाल ल्याइएका दुईवटा रेल आउँदो पुष ४ गते पर्ने विवाह पञ्चमी अगावै जनकपुर जयनगरअन्तर्गत पर्ने ५२ किलोमिटर रेलमार्गमा सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

तर कोरोना महामारीका साथै अन्य प्राविधिक समस्याले गर्दा तोकिएकै समयमा रेल संचालन गर्न समस्या हुनसक्ने रेल्वे कम्पनीको भनाई छ । रेलसेवा सञ्चालनका लागि प्राविधिक तथा अप्राविधिक सहित २ सय २६ जनाको जनशक्ति व्यवस्था गर्ने गरी दरबन्दी कायम गरिएको छ ।

रेल सञ्चालनका लागि प्रारम्भिक चरणमा झण्डै एक सय ५० कर्मचारी आवश्यक पर्छ । त्यसमध्ये तत्काल आवश्वक पर्ने २६ जना दक्ष र प्राविधिक जनशक्ति भने भारतबाट ल्याउने तयारी भएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा सञ्चालन गर्ने गरी असोज २ गते दुई वटा रेल नेपाल ल्याइएको थियो । रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रुले यात्रा गर्न सक्ने रेलवे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!