
पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नुपर्दछ र सिंचाइको प्रबन्ध राम्रो हुनुपर्दछ । खुर्सानीको लागि माटोको पी.एच ५.५ देखि ६.५ को हुनुपर्दछ ।
कस्तो हावापानी आवश्यक हुन्छ ?
🔶 अकबरे खुर्सानीको खेती गर्मी र न्यानो मौसममा हुने बाली हो । तुषारो नपर्ने र न्यूनतम तापक्रम ५ डि.से. भन्दा तल नजाने ठाउँमा हिउँदे बालीको रूपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से.को बीचमा खुर्सानीको वृद्घि र विकास राम्रो हुन्छ । तर ३५ से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि. से. भन्दा कममा फलको आकार बिग्रन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।
कुन समयमा बाली लगाउने ?
तराईमा: साउन – भदौ महिनामा
पहाडमा: मौसमी उत्पादन कात्तिक- फागुन महिनामा बेमौसमी उत्पादन असार – साउन महिनामा
उच्च पहाड: फागुन – चैत महिनामा
बीउ दर: एक रोपनीको लागि ५० देखि ७५ ग्रामसम्म बीउको आवश्यकता पर्दछ छिप्पिएका हाँगाबाट कटिङ लिएर पनि बेर्ना तयार पार्न सकिन्छ ।