२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २० कात्तिक । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका-३ मा आज बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक रामधुनी-१ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।

गौतमपुरमा निर्माणाधीन सडकको लागि पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफैं अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किँदा घाईते भएका सह-चालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!