
यसको उत्पत्ती दक्षिण एसियाका देशहरुमा भएको पाईन्छ। बेसारमा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसारको गानोमा सरदर १।८ देखी ५्४५ कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देश हुन।
हावापानी र माटो :
बेसार मुख्यतया उस्ण हावापानिमा हुने बाली हो र समुन्द्र सतह देखी करीब १२०० मिटर उचाई सम्म यसको खेती गर्न सकिन्छ। यसको खेती सिंचित एवं असिंचित हल्का कालो देखी दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटो दोमट माटो यसको लागि उपयुक्त हुन्छ। पि एच ५।५ देखी ६्५ उपयुक्त हुने यस बालीलाई तुसारोले खसै असर गर्दैन।
जग्गाको तयारी:
चैत्र बैशाख तिर पानी परीसकेपछी खनजोत गरी बेसार लगाउन सकिन्छ। लगाउदा हलोले स्थानिय हलोले कुलेसोमा १५-२० सेमिको फरकमा बिउ राखिन्छ। सामान्तया १ रोपनी जग्गको लागि कारीब १२० केजी बिउ आबश्यक्ता पर्दछ।
बिउ छनोट:
बिउ छनोट गर्दा कम्तिमा दुईवटा उम्रने मुन भएको ३०-५० ग्रामको बिउ छान्नु पर्दछ। यसरी छनिएको बिउलाई २५ ग्राम म्यन्कोजेब र १० ग्राम कार्बोन्डाजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टासम्म डुबाउने र त्यसपछी छँयामा सुकाएर रोप्नु पर्दछ।
मलखादको प्रयोग:
अधिक मल चाहिने यसबालीलाई प्रसस्त प्राङगारिक मलको साथै रसायनिक मलको पनि आवश्यक्ता पर्दछ। सामान्यतया १ रोपनी जग्गामा ५०-६० डोको ९१५००० केजी राम्ररी पाकेको गोबरमा राख्नु पर्दछ। यसको अलबा जग्गा तयारीको क्रममा ८ केजी डिएपी, ३ केजी युरिया तथा ४ केजी म्युरेट अफ पोटास प्रती रोपनी हाल्नु पर्दछ। २।५ केजी युरिया रोपेको ३ महिनापछी गोडमेल गर्ने बेलामा टपड्रेस गर्नु पर्दछ।
लगाउने दुरीस् बिरुवा देखी बिरुवा २५ सेमी, हार देखी हार बिचमा ३० सेमी
छापो हाल्ने:
माटोको चिश्यान जोगाई राख्न चाडै सड्ने पातहरु बेसारको रोपाई पछी पूर्णरुपले माटो ढाकिने गरी ४-६ सेमी बाक्लो गरी हाल्नु पर्दछ।
सिंचाई तथा गोडमेल:
बेसारलाई माटो र मौसम अनुसार १०-१२ पटक सम्म सिंचाई गर्नुपर्दछ। झारको मात्रा अनुसार बेलाबेलामा गोडमेल एवं माटो खुकुलो पार्ने काम गर्नुपर्दछ।
बाली लिने:
लगाएको करीब ९ महिनामा बाली लिन सकिन्छ। प्रती रोपनी २-२।५ मेट काँचो बेसारको उत्पादन लिना सकिन्छ।
#उपयोगी लागेमा Share गरि आफ्नु फेसबुकमा राख्नु होला जसले गर्दा आफुलाई चाहिएको बेलामा हेर्न सक्नुहुन्छ।