२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ कात्तिक । देशभर आज थप दुई हजार सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप दुई हजार सात सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ । त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज आठ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २२ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!