२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आजकाल फलफूल खेतीमा कलमी बनाई बिक्री गरी अझ बढी फाइदा लिन सकिन्छ । जस्तैः कागतीका बेर्ना तयार गर्ने र कलमी गर्ने । तर यो पेशा त्यति सजिलो छैन । मेहनती कृषकले मात्रै काम गर्न सक्छन् । यदि यो पेशा राम्रोस‘ग फस्टाउन सके मनग्य आम्दानी लिन सकिन्छ । आज यिनै विषयवस्तुलाई मध्यनजर गर्दै कागतीका बेर्ना तयार गर्ने विषयमा केही जानकारी गराउने प्रयास गरेको छु ।

कागती नखाने र यसलाई नचिन्ने सायदै कोही पनि छैनन् होला । यसको खेती १५ सय मिटर उचाइसम्म गर्न सकिन्छ । यसको फलबाट रस, चुक र अचारहरु बनाएर पनि प्रशस्त आम्दानी लिन सकिन्छ ।
कागती दुई प्रकारका हुन्छन् । एउटा गोलोखाले र अर्को लाम्चोखाले । गोलो खालकोलाई पहाडी कागती भन्ने गरिन्छ भने लाम्चो जो उन्नत खालको हो त्यसलाई ‘युरेका लेमन’ भन्ने गरिन्छ । यो ठूलो र लाम्चो हुन्छ भने अर्को गोलो तर सानो हुन्छ । हाल गोलो प्रजाति मा पनि धेरै जात नेपाल मा बिकाश भै राखेको छ ्रयी दुबै जातका बिरुवाहरु जुनसुकै माटोमा पनि लगाउन सकिन्छ तर दोमट माटो भएमा धेरै नै राम्रो मानिन्छ । यसको लागि व्यवस्थित तरीकाबाट खेती गर्न शुद्ध जातको बेर्ना आवश्यक पर्दछ । यदि जात राम्रो भएन भने, अमिलो वर्गमा लाग्ने विभिन्न किसिमका रोगहरुले दुःख दिई राम्रो उत्पादन लिन सकिदैन । तसर्थ आफैले नै बेर्ना उत्पादन गरी लगाउने हो भने राम्रो जातका निरोगी कागतीका दानाहरु खरीद गरी त्यसका बीऊहरु निकाली बेर्ना तयार गर्ने गर्नुपर्दछ ।

अब कुरा आउ‘छ बेर्ना तयार कसरी गर्ने ? बेर्ना दुई तरीकाबाट तयार गर्ने गरिन्छ, एउटा गेडाबाट र अर्को कलमीबाट । यी दुईवटै तरीकाबाट तयार गर्ने प्रविधि निम्नानुसार छ–
१) गेडाबाट तयार गर्ने प्रविधिः धेरैजसो कागतीका बेर्नाहरु गेडाबाट नै तयार गरिन्छ । एउटा कागतीको फलमा चारदेखि १० वटासम्म दानाहरु हुन्छन्, ती दानाहरुलाई संकलन गरी १५०÷२०० जति दाना भएपछि बेर्ना तयार गर्न शुरु गर्नु राम्रो हुन्छ । बेर्ना तयार गर्नुपूर्व जमिनलाई राम्रोस‘ग खनजोत गरी माटो मसिनो बनाउने र त्यसमा प्रतिकट्ठा १५÷२० डोकाका दरले पाकेको गोवरमल वा कम्पोष्ट मल राखी माटोमा मिलाउने । यसपछि २) सेन्टिमिटरको फरक–फरकमा दुई सेमी गहिरो हुने गरी कुलेसो खनी त्यस लाइनको कुलेसोमा ५÷५ सेमीको दूरीमा १÷२ वटा कागतीका गेडा रोप्नुपर्दछ । यसरी बीऊ रोपिसकेपछि माथिबाट, बालुवा र माटोले पुरिदिने र त्यसमाथिबाट सुकेको खर वा परालले छोपी दिनुपर्दछ । यसरी राखेको व्याडमा चिस्यान हेरी हल्का सिंचाई दिदै गर्नुपर्दछ । बीऊ रोपेको लगभग एक महिनापछि बेर्ना उम्रिन थाल्छन् । खर पराल फालिदिई आवश्यकताअनुसार सिंचाई दिदै जानुपर्दछ । यदि बीऊलाई प्लास्टिक व्यागमा उमोर्ने हो भने माटो बालुवा र गोवर मलको मिश्रण बनाई प्रत्येक प्लाष्टिक व्यागमा राखी त्यसमा १÷२ वटाका दरले बीऊ रोपी बज्यारीमा लाइनस‘ग राख्नु पर्दछ । यसरी राखेको बेर्नालाई पनि सिंचाई दिई नै रहनुपर्दछ । यसरी राखेका बेर्नाहरु लगभग १० महिनापछि रोप्ने लायकका हुन्छन् । यदि व्याड वर्षायाममा राख्ने हो भने व्याडको माथि पराल, खर राख्नु पर्दैन ।

२) गुढी (कलमी) बाट बेर्ना तयार गर्ने प्रविधि स् राम्रो, रोगरहित शुद्धजातको कागतीको बोट छनोट गरी त्यसैबाट कलमी गर्नुपर्ने हुन्छ । जथाभावी बेर्नाबाट कलमी गर्दा बोटहरु रोगी हुन सक्छन् । यो प्रविधिबाट तयार गरिने बेर्नाहरु चॉडै फल्ने, बोट सानो हुने र फल माउ बोट सरह हुन्छ भने गेडाबाट तयार गरिएका बेर्नाहरु अग्लो हुने, ढिलो फल्ने हुन्छन् गुढी ९कलमी० गर्नको लागि १र२ वर्षे बोटको हॉगाबाट गर्दा धेरै राम्रो र सजिलो हुन्छ । कलमी गर्ने हॉगाको छनोट गरी सकेपछि बोटमै १५ सेन्टिमिटरको लम्बाइमा बोक्रा निकाली, त्यसपछि बोक्रा निकालेको ठाउ‘मा माटो, बालुवा र गोवर मिलाएको माटो या रुखका झ्याउहरु बाक्लोस‘ग चारैतिर राखी बाहिरबाट प्लास्टिकले छोपी, दुबैतिरको छेउ‘छाउ‘मा सुतलीले बॉधी दिने गर्नुपर्दछ ९यसको प्रविधि चित्रमा देखाइएको छ० । यदि चॉडै जरा निकाल्नु छ भने जरा निकाल्ने हर्मोन काटेको ठाउमा चारैतर्फ दलिदिएर माटो राखी बॉध्नुपर्दछ । यसो गर्दा जराहरु चॉडै नै निस्कने हुन्छ । यस्तो कलमी वर्षायाममा नै गर्नु धेरै राम्रो हुन्छ ।

तर अन्य समयमा पनि गर्न सकिन्छ त्यति सफल भएको देखिदैन । यसरी तयार गरेका बेर्नाहरु डेढदुई महिनामा जराहरु देखिन थाल्छन् । जरा देखिन थालेपछि कलमी गरेको तलबाट सावधानीस‘ग काटी माटो मिश्रित थैलामा वा सोझै व्याडमा लगि राख्न सकिन्छ । यसरी तयार गरिएका बेर्नाहरु लगाउ‘दा १÷२ वर्षमा नै फल दिन शुरु गर्दछन् । कहिलेकाहीं बेर्नाहरुमा रोग, कीराहरुले नोक्सान पु¥याउन सक्छन्, । त्यस्तो अवस्थामा सकेसम्म गाउ‘घरमा पाइने जडीबुटीबाटै नियन्त्रण गर्ने र त्यो सम्भव नभएमा मात्रै विषादी प्रयोग गर्नुपर्दछ । यसरी तयार पारिएका बेर्नाहरु प्रशस्त मात्रामा बिक्री गर्न सके, बेर्ना बिक्रीबाट राम्रो फाइदा लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!