२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

परिचय:
गोलभेंडाको उत्पत्ती पेरु र मेक्सिकोबाट भई संसार भरी फैलिएको मानिन्छ। बिशेष गरी यो गर्मी महिनामा खेती गरिने बाली हो। यस् फलमा तीन किसिमको रङ देखिन्छ। रातो रङ (लाईकोपिन पिग्मेन्ट) पहेंलो रङ (क्यारोटिन पिग्मेन्ट) र टेन्जारिन (प्रोलाईकोपिन) ले गर्द हुन्छ।
यदी गोलभेंडाको खेती १० डिग्री सेल्सियस भन्दा कम तापक्रममा गरिएको छ भने गोलभेंडा रातो अथवा पहेंलो रङ हुँदैन। १० देखी २५ डिग्री सेल्सियस सम्म रातो र पहेंलो रङ बिकास हुन जान्छ। ४० डिग्री भन्दा नाथी तापक्रम पुगेमा लाइकोपिन नोक्सान भएर जान्छ।

मुख्य जातहरु:
पुसारुबी, रोमा, मनप्रेसक, सि यल ११३१, पुसा अर्ली ड्वाफ, पन्जाब छुवारा सैनमार्जिनो, मारग्लोब, मनी मेकर
बेर्ना उत्पादन गर्ने तरिका:
१ मिटर चौडाई र २ मिटर लम्बाई भएको ब्याड पर्याप्त हुन्छ। बिउ लगाउदा एक लाईन देखी अर्को लाईनको दुरी ४।५ इन्च र बिउ रोप्ने गहिराई करीब आधा इन्च हुनु पर्दछ। ब्याड्मा बिउ रोपिसके पछी सुकेको खर वा परालले छप्रो दिनु पर्दछ। ब्याडमा हल्का चिस्यानको ब्यबस्था गर्नु पर्दछ। बिउ टुसाउना साथ छोपिएको पराल वा खर साबधानी पूर्व हटाउनु पर्दछ। ४ देखी ५ हप्तामा बिरुवा २-३ पाते अवस्थामा अर्को ब्याड्मा लागि सार्नु पर्दछ।
बिरुवा लगाउने जमिनको तयारी तथा मलखाद्को प्रयोग:
गोलभेंडा लगाउने जग्गा २-३ पटक राम्ररी खनजोत गर्ने र प्रती रोपनी छेत्रफलको लागी राम्ररी पाकेको कम्पोस्ट मल ४०-५० डोको, नाईट्रोजन मल ५ केगी, फस्फोरस मल ३ केजी र पोटास ४ केजी हाल्नु पर्दछ। नाईट्रोजनको आधा भाग तथा फस्फोरस र पोटासको पुरा मात्रा जग्गा तयार गर्ने बेला हाल्ने र बाँकी आधा भाग नाईट्रोजन पछी टप ड्रेसिङ गर्दा हाल्नु पर्दछ।

बेर्ना रोप्ने समय:
गोल्भेंडा उत्पादन गर्नको लागि उछ पहाडमा बैशाख(जेष्ठ मध्य पहाडमा चैत्र(बैशाख, तल्लो पहाडमा फाल्गुण (चैत्र र तराईमा कार्तिक(मङ्सिर उपयुक्त हुन्छ। बर्णशंकर जात्को गोलभेंडा जात अनुसार लगाउनु पर्दछ।
बिउ दर:
राम्रो खल्को बिउ २०-२५ ग्राम प्रती रोपनी उपयुक्त हुन्छ।
बेर्ना रोप्ने दुरी:
एक लाइन बाट अर्को लाईनको दुरी २ फिट र एक बोट देखी अर्को बोट्को दुरी १।५ देखी २ फिट सम्म राख्न सकिन्छ। १३०० देखी १५०० बेर्ना प्रती रोपनी।
सिँचाई र गोडमेल:
सिँचाईको मात्रा माटोको चिस्यानमा भर पर्दछ। सुख्खा मौसममा नाईट्रोजन मल दिएपछी सिँचाई गर्नु पर्दछ भने बर्से बालिको लागि राम्रो निकासको ब्यबस्था गर्नु पर्दछ।
उत्पादन:
उन्नतजातको गोलभेंडामा जात अनुसार ताजा तरकारी प्रती रोपनी १००० देखी १५०० केजी सम्म उत्पादन हुन्छ। तर बर्णशंकर जात्को हकमा ३००० देखी ६००० केजी सम्म उत्पादन हुन्छ।

गोलभेंडामा लाग्ने रोगहरु:
१) डढुवा रोग
पातमा डढेको जस्तो लक्षण देखिन्छ। सुरुमा पानीले भिजेको जस्तो हल्का खैरो हुन्छ र गाढा खैरो वा कालो रङमा पारीणत हुन्छ। अनुकुल बातावरणमा त्यस्ता थोप्लाहरुको ब्रिदी भई बोटलाई डढाई दिन्छ। ओसिलो अवस्थामा पातको तल्लो सतहमा सेतो ढुसी देखिन्छ र फलमा खैरा काला दागहरु देखा पर्दछन।

रोकथाम(ब्यबस्थापन:
* रोग लागेको बोट, पुराना बोटहरु, र झारपात बटुली जलाउने र खेतबारी सफा राख्ने।
# रोग सुरु हुने बेला देखी कपर अक्सिक्लोराइड १\५ ग्राम र मेन्कोजेव ७५% WP बिसादी १।५ ग्राम मिलाई जम्मा ३ ग्राम प्रती लिटर पानीमा मिलाई ७-१० दिनको फरकमा ३-४ बोट राम्ररी भिजिने गरी छर्किने।
२) टमेटो मोजाईक भाईरस:
साधारण पातको हरियोपन भन्दा बेग्लै हरिया र हल्का हरिया भागहरुमा छिर्बिरे लक्षण देखा पर्दछ। त्यस्ता पातहरुमा खाल्डा खुल्डी परेको समेत देखिन सक्छ।
# ब्यबस्थापन:
– रोग नलागेको बोटबाट मात्र बिउ छन्ने
– रोगी बोट नस्ट गर्ने

३) लिफ कर्ल भाईरस:
यो रोग लागेका पातहरु घुम्रिएर माथितिर फर्किन्छ र पातहरु फिका पहेंलो र साना साना हुन्छ।
#ब्यबस्थापन
– रोग लागेको बोट देख्ना साथ उखेलेर फाल्ने।
–  यो सेतो झिँगा बाट सर्ने हुनाले डाइमेथोएट किटनासक बिसादी १ मिली प्रती लिटर पानीका दरले प्रयोग गरी यसलाई नियन्त्रण गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!