२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी, २६ कात्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानकाे धान निःशुल्कै काटिदिएको छ । किसानलाई सहुलियत दिने उद्देश्यका साथ गाउँपालिकाले मंगलबारदेखि निःशुल्क रूपमा धानबालीको कटान सुरु गरेको हो ।

धान काट्ने जनशक्ति नपाइने भएकोले किसानहरूले समस्या भोग्दै आएका थिए । धान काट्ने रिपर मेसिनमार्फत गाउँपालिकाले धानबालीको कटान गर्न थालेपछि किसानहरू खुसी भएका छन् । धान काट्ने जनशक्ति नपाइरहेको यस्तो अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटी दिने निर्णय गरेपछि किसानहरूसमेत हर्षित देखिएका छन् ।

कोरोना महामारीको कारण धान काट्ने जनशक्ति नपाएको र पाकी सकेको धान बाली समेत खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरूलाई सहयोग गर्नका लागि धान बाली निःशुल्क काटिदिने निर्णय गरेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

मंगलबारदेखि चार वटा मेसिन लगाई वडा नं. ६ को मधेपुराबाट धानबालीको कटान थालिएको हो । गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!