२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बाजुरा, २६ कात्तिक । बाजुराको बडिमालिका नगरपालिका-३ रजालीका कृषक रामबहादुर खड्काले जिल्लामै पहिलो पटक सिताके च्याउ उत्पादन गरेका छन् । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारि मीनप्रसाद जैशीले बताए ।

खड्काले करिब १ लाख पचास हजारको लगानीमा एक सय वटा काठको मुढामा सिताके च्याउको खेती गरेकाे जैशीले बताए । खेती गरेको करिब ९ महिनापछि सिताके च्याउ फल्न सुरु भएको कृषक रामबहादुर खड्काले जानकारी दिए ।

सिताके च्याउ पौष्टिक तथा औषधिय महत्व धेरै भएकोले महङ्गो मूल्यमा बिक्रिवितरण हुने जैशीले बताए । यो च्याउ धेरै उपभोक्ताको रोजाईमा पर्ने गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!