२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा आज सम्पन्न प्रदेश स्तरिय बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा उनले सो कुरा बताएका हुन् । आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरु रहेको उनले बताए ।

आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेले बताए । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको उनले बताए । उनले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको बताए ।

आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवस्यक रहेकोमा उनको जोड छ । आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवस्यक रहेको मन्त्री घिमिरेले बताए ।

उनले प्रत्येक प्रदेशमा १-१ वटा वैद्य खाना आवस्यक रहेको बताए । मन्त्री घिमिरेले भने,‘ निजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवस्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने उनको भनाई छ । जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धी कायम गर्नु पर्नेमा उनको जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!