
चितवन, २७ कात्तिक । तिहारलगायत विभिन्न कार्यक्रमलाई आवश्यक पर्ने सयपत्री फूल चितवनमा नै उत्पादित फूलले पुग्ने गरेको उनीहरुले बताएका छन् ।
चितवनमा तिहारलाई लक्षित गरी करिब ३० बिगाहमा सयपत्री फूल लगाइएको र करीब ६० हजार माला उत्पादन हुने गरेको फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तथा किसान प्रकास पन्तले बताए ।
चितवनमा सयपत्री फूलखेति गर्ने किसानहरु बिगतको तुलना वृद्धि हुँदैगएको उनको भनाइ छ । करिब १ बिगाहा जग्गामा गरिएको सयपत्री फूल खेतीबाट ५ लाख आम्दानी हुने गरेको पद्मपुरका किसान कृष्णप्रसाद पौडेलले बताए ।
यसपालिको तिहारपछि परेकाले फूलहरु ओइलाएका कारण जोगाउनै मुश्किल परेको भनाइ व्यवसायीहरुको छ ।