
उदयपुर, २७ कात्तिक । जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-९ का ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । २०६६ साल जेष्ठ १४ गते सम्मानित जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ वर्ष कैद फैसला भई हाल सम्म फरार रहेका राउतलाई बुधबार बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।