२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ कात्तिक । विराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल बजारलाई २ लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर सामान बेचेपछि २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सेन्ट्रल बजारमा राखिएको काजु १ सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बेचेको पाइएपछि वाणिज्य कार्यालयबाट खटिएको अनुगमन टोलीले जरिवाना गरेको हो । सेन्ट्रल बजारले प्रतिकिलो १ हजार १ सय ६५ रुपैयाँमा खरिद गरेको काजु २ हजार २ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

तिहारको बेला भाइ मसलाको अत्यधिक बिक्री हुने भएकाले वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सेन्ट्रल बजारलगायत विराटनगरका विभिन्न पसलको अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ मा खरिद मुल्यको २० प्रतिशतभन्दा बढी नाफा लिए २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेकाे छ ।

गत वर्ष प्रतिकिलो १ हजार ४ सय रुपैया रहेकेा काजु यस पटक १ सय रुपैया घटेर १ हजार ३ सय रुपैँयामा बजारमा विक्री गरिँदै आएको व्यापारीहरुले बताएका छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!