२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ कात्तिक । पछिल्लो १२ घण्टाभित्र मोरङमा पाँच जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएकामध्ये दुई जनाझापा, दुई जना मोरङ र एक जना सुनसरीका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन जनाको, विराटनगर शिक्षण अस्पतालमा एक जनाको र अर्का एकजनाको घरमै मृत्यु भएको हो ।

नोबेलमा मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । दाहालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका ३ की ४० वर्षीया महिलाको बिहीबार बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । यस्तै झापा गौरादह नगरपालिका २ की ४९ वर्षीया महिलाको बिहान ८ बजे मृत्यु भएको हो भने बिहीबार बिहान ७ः३० बजे रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी बूढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा झापा दमक ६ की ४६ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको छ । आइसोलेशन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।

यस्तै मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको घरमा बुधबार राति मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!