२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ कात्तिक । सरकारले उपचाररत पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च बेहोर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका छन् । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको थियो ।

केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको हो ।

केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!