
विराटनगर, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि विश्व बजारमा प्रभावकारी भ्याक्सिन तयार हुनेबित्तिकै खरिद गर्ने बताएका छन् ।
बिहीबार विराटनगरस्थित कोशी अस्पताल र कोरोना उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री ढकालले विश्व बजारमा भ्याक्सिन तयार हुनेबित्तिकै खरिद गर्नका लागि सरकारले अध्यादेश तयार गरेको उनले बताए ।
भ्याक्सिन आयात गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने उनले बताए ।
औषधि उत्पादन गरिने राष्ट्रहरूले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले औषधि आयतमा बाधा अड्चनहरू हटाउनका निम्ति अत्याधेश तयार गरिएको जानकारी दिए ।