२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिरहा, २७ कात्तिक । सिरहाबाट  नक्कली नोट छाप्ने मेशिनसहित तीनजना पक्राउ परेका छन् । सिरहाकाे गोलबजारबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको संयुक्त प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-६ वीरेन्द्र महतोको घरमा डेरा गरी बस्ने गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज राय, २० वर्षीय सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका-७ भेडियाका २५ वर्षीय बिमलेन्द्र नायक रहेका छन् ।

उनीहरूबाट प्रहरीले नोट छाप्ने प्रिन्टर, ल्यापटप र एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारको प्राङ्गनमा बिहीबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलााल जयसबारले उनीहरूको साथबाट एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप एक थान, क्यानन कम्पनीको प्रिन्टर एक थान, स१०प ५०३४ नं को पल्सर मोटरसाईकल एक थान बरामद गरेको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!