२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ कात्तिक । मोरङमा एक लाख ९० हजार बढीको पटाका बरामद गरी नष्ट गरिएको छ । मोरङ प्रहरीले बिहीबार अन्दाजी एक लाख ९० हजार एक सय मूल्यबराबरको पटाका नष्ट गरेको हो ।

अवैध रूपमा भन्सार छली ल्याएको पटका बरामद गरी नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतमा विभिन्न मितिमा विभिन्न स्थानबाट अवैध रूपमा बरामद गरेको झिरझिरे, खोर्सानी नागिनलगायत अन्य पटाका स्थानीय जनप्रतिनधिको रोहवरमा नष्ट गरिएको उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!