
विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशले नेपाललाई हराएकाे छ । शुक्रबार भएकाे खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हराएकाे हो ।
बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा बंगलादेशले मोहम्मद नविब नवज जीवनले सुरुवाती अग्रता दिलाए । खेलकाे ११औं मिनेटमा जीवनले गोल गर्दै बंगलादेशलाई पहिलाे हाफभरि अग्रता दिलाए ।
खेलकाे ७९औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै बंगलादेशलाई २-० गोलले जिताए । मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।