२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० कात्तिक । तिहारका बेला मोरङका चार स्थानमा आगलागी भएकाे छ । शनिबार बेलुका ९ः३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका-१० ट्राफिक चोक नजिक विजय साहको घरमा भएकाे दिनेश अग्रवालको फेन्सी पसलमा आगलागी हुँदा सटरभित्र रहेको फेन्सी कपडा,फर्निचरको सामान गरी ६० लाखबराबरको सामान जली पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै हिजै राति १०:३० बजे विराटनगर महानगरपालिका-४ राजबंशी चौक बस्ने कमला कोइरालाको बाँस र टिनको छानो भएको बाख्राको खोरमा आगलागी हुँदा खोर जली पूर्ण रूपमा क्षति भएको छ । यद्यपि, आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएकाे छ ।

हिजै राति ११:२० बजे विराटनगर-९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको छ ।

आइतबार बिहना ४:१५ बजे बेलबारी नगरपालिका-३ स्थितमा रहेको सार्वजनिक शौचालयमा रेखदेख गर्ने राधा मल्लिकको कोठामा दीपावलीमा बालेको दीयोबाट आगो सल्कन गई आगलागी भएको थियो । आगलागीबाट कोठाभित्र रहेको फर्निचर,टिभी, फ्रिज, लकर गरी एक लाख बराबरको धनमाल जली नष्ट भएको छ ।

दीपावलीको अवसरमा मैनवत्ती तथा दियो बाली लापरवाहीपूर्वक छाडिएको अवस्थामा उक्त ४ वटै आगलागी भएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे मोरङ प्रहरी प्रवक्ता मानबहादुर राइको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!