
विराटनगर, २ मंसिर । आज मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार अपराह्न ४ः४५ बजेबाट सुरु हुने नेपाल र बंगलादेशबीचकाे खेल राजधानी ढाकास्थित बंगबन्ध रंगशालामा हुनेछ ।
पहिलो खेलमा हार ब्यहाेरेकाे कारण नेपाल यस खेलमा जित्नैपर्ने दवावका मैदान उत्रिने छ । यस्तै ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको दोस्रो खेलमा नेपाललाइ बंगलादेशसँग हारकाे बदला लिने याेजनामा छ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग २-० गोलकाे हार ब्यहाेरेकाे थियो ।
नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै यस खेलमा मैदान उत्रिने बताए । पहिलो खेलमा भएका कमीकमजोरीहरूलाई सच्याउनेगरी दोस्रो खेलको तयारीमा आफूहरू रहेको उनले बताए ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म २० पटक प्रतिस्पर्धा हुँदा बंगलादेशले १३ खेल जित निकालेको छ । नेपालले भने ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ ।