
विराटनगर, २ मंसिर । विराटनगरमा मोटरसाइकलकाे ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । सोमबार बेलुका विराटनगरको कोशी प्रोजेक्टमा ज९२७७५ नम्बरको मोटसाइकलको ठक्करबाट भारतीय नागरिक रहित मियाँको मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकलका चालक सुनिल थापा पनि घाइते छन् । घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घाइते चालक प्रहरी कर्मचारी हुन् ।