
विराटनगर, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजु
प्रधानमन्त्री मंसिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने कार्यक्रम तय भएकाे थियो । जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँका अनुसार प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षाको व्यवस्था भएकाे थियो । तर, प्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको आफूलाई जानकारी आएको प्रजिअ चापागाईँले बताए ।