२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २ मंसिर । मोरङको लेटाङबाट जुवा खेल्दै गरेका सात जना पक्राउ परेका छन् । मंगलबार बिहान लेटाङ-९ स्थित जाँतेमा सोएता मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ ९ का ४५ वर्षीय ददिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जित गजमेर, ५२ वर्षीय नरध्वज खड्का, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय सिरिकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ ३ का यमकुमार शेर्पा रहेका छन् ।

प्रहरीले नगदसहित एक सेट कौडा, ६ बुक तास र १६ थान मोबाइल बरामद गरेको छ । प्रहरीले जुवाको खालमा रहेका अन्य व्यक्तिहरु भागेको आशंकासमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!