२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ मंसिर । जवरजस्ती करणी आरोप लागेपछि फरार रहेका एक युवक ६ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर रहेका छन् ।

उनीमाथि गत साउन १ गते बेलुका ६ बजे मोरङ कटहरी गाउँपालिका–३ स्थित खयरवना टोलको भित्री बाटोमा २३ वर्षीय युवतीलाई करणी गरेको आरोप छ । युवतीलाइ ललाई-फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार रहेको ठाकुरलाई प्रदेश नं १ प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

ठाकुरलाई रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!