
भद्रपुर, झापामा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिर्तामोड– ६ बसपार्क नजिकै आज दिउँसो दुई वटा मोटरसाइकल जुध्धेर सडकमा लडेका बेला विपरित दिशाबाट आइरहेको ट्रक र स्कारपियोले किच्दा झापा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का कुशल लिम्बु र सोही ठाउँका ११ वर्षीय बालक दिप्सन कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा दिप्सुनकी आमा सावित्रा कँडेल र मोटरसाइकल चालक गगन तामाङ घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे२प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यही बेला पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१प ९३१७ नम्बरको स्कारपियोले समेत उनीहरुलाई किचेको थियो ।
ट्रक र स्कारपियोृ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार छिमेकीको मोटरसाइकल मागेर छोरोको आँखाको जाँच गराउन सावित्रा विर्तामोड आउँदै थिइन् ।
नम्बर नखुलेको अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा ११ का गगन तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ ।