२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ मंसिर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ को पहिलो चौमासिकमा तोकिएको लक्ष्यको ८२ प्रतिशत भन्सार राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयलाई पहिलो चौमासिकका लागि १३ अर्ब ६७ करोड ४ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा ११ अर्ब १९ करोड ५८ लाख रुपैया भन्सार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत शिव भण्डारीका अनुसार कोरोना महामारीका कारण औद्योगिक वातावरण प्रभावित भइरहेको भएपनि चाडवाडका कारण आर्थिक गतिविधि केही बढेकाले भन्सार राजस्व संकलन सन्तोषजनक रहेको छ ।

गत आर्थिक वर्ष ०७६/७७ को पहिलो चौमासिकमा सो भन्सार कार्यालयले तोकिएको लक्ष्यको ६२ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो । विराटनगर भन्सार कार्यालयलाई आर्थिक वर्ष ०७७/७८ का लागि ४६ अर्ब १४ करोड ९५ लाख रुपैयाँ भन्सार राजस्व लक्ष्य तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!