२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जुम्ला, ४ मंसिर । जुम्लाका किसानहरुले पछिल्लो समय कृषि कार्यमा यन्त्रको प्रयोग गर्न थालेका छन् । खेती लगाउदा खनजोत गर्न सधै गोरू र हलो प्रयोग गर्दै आएका जुम्लाका अधिकांश किसानले यो सिजनमा जौ रोप्न हाते ट्याक्टरको प्रयोग गरिरहेका छन् । परम्परागत खेती प्रणालीमा दुःख धेरै हुने भएकाले कृषिमा यन्त्रको प्रयोग किसानले धेरै रुचाएको यूवा किसान अभिराज बुढाले बताए ।

कृषि जेटिए नै पढेका किसान बुढाले गाउँमा हाते ट्याक्टर सबै किसानले चलाउन नसक्ने भएकाले सघाउने गरेको बताए । जूम्लामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको माध्यमबाट सुपरजोन कार्यालयले किसानलाई अनुदानमा हाते ट्याक्टर, चलाउने तालिम दिँदा कृषिमा यान्त्रीकरण बढेको हो ।

किसान लोकबहादुर दमाईले हलो जोत्दा लाग्ने खर्च भन्दा कम खर्चमै हाते ट्याक्टरको प्रयोगले खेती गर्दा किसानलाई फाइदा भएको बताए ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले जुम्लाका सबै गाउँबस्तीमा समूह सहकारी, उद्यमी किसानलाई हरेक वर्ष अनुदानमा हाते ट्याक्टर दिइएकोले जिल्लामा क्रमशः कृषिमा यान्त्रीकरण हुँदैगएको बताए ।

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले हाते ट्याक्टर समयमा पाउने र ३–४ सयको तेल हाल्नेबित्तिकै दिनभरि खेत जोत्न मिल्ने भएकाले प्रयोग बढ्दै गएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!