
देवानगञ्ज, ५ मंसिर । सूर्यको उपासना गरेर हिन्दू धर्मावलम्बीले मनाउने छठ पर्वको आज (शुक्रबार) तेस्रो तथा मुख्य दिन हो । विशेष गरेर तराईमा मनाइने छठ पर्वमा आज ब्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पूजा गर्छन् ।
सुनसरीकाे देवानगञ्ज गाउँपालिकामा छठ धूमधामका साथ मनाइँदैछ । देवानगञ्जकाे बूढी खोलामा साँझ ब्रतालुहरुले अस्ताउँदाे सूर्यलाइ अर्घ्य दिएर पूजा गरे । दिनभरि पानीसमेत नपिई निराहार व्रत बसेका भक्तजनहरुले खोलाकाे पानीमा आधा डुबेर अर्घ्य दिए ।
तथापि, कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा झैं नदि तथा तलाउमा भीडभाड देखिएकाे थिएन । अब, भाेलि उदाउँदाे सूर्यलाइ अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।
चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
छठका लागि नदी, तलाउ महत्त्वपूर्ण मानिन्छ । किनकि, यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति मानिन्छन् ।
तस्बिर : अजय मण्डल