२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ मंसिर । सप्तरीको रुपनगरका गायक अमन अलीले हिन्दी नेपाली मिश्रण भएको ‘लभ मासअप’ गीत बजारमा ल्याएका छन् । बैंकिङ क्षेत्रसँगसँगै सांगीतिक क्षेत्रमा संघर्षरत गायक अमनको स्वरमा सजिएको मासअपमा गायिका अंकिता उदासको पनि आवाज रहेको छ ।

उक्त गीतमा युट्यबुमार्फत सार्वजनिक भएको हो । गीतलाई अमनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सन्दीप सरदारले संगीत भरेका हुन् । मासअपको कन्सेप्ट गायक अमन र सन्दीपको हो ।

चर्चित हिन्दी तथा नेपाली गीत जस्तै ‘तु हि यार मेरा’, ‘तिमी सामु’, ‘उकाली चढौँला’, ‘मेरे सोनिया’, ‘तिमीले त होइन’ र ‘कबिरा’ गीतलाई मिसाएर अमनले मासअप गीत बनाएका हुन् ।

सो गीतको भिडियोमा पनि अमनकै अभिनय छ । अमनलाई अभिनयमा भने सुष्मा सुवेदीले साथ दिएकी छन् ।

गीतको भिडियोमा अमन र सुवेदीलाई रोमान्टिक अवतारमा देखिन्छ । ‘टिकटक’बाट चर्चामा आएकी सुष्माले नै भिडियोलाई कोरियोग्राफ गरेकी हुन् । गीतको भिडियोलाई छायांकन तथा सम्पादन श्रवणकुमार चौधरीले गरेका हुन् ।

पछिल्लो समय ‘टिकटक’मा पनि सक्रिय रहेका अमनले यसअघि पनि मासअप गीत बजारमा ल्याएका थिए । ‘पहिलो पल्ट’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा पाइला चालेका गायक अली सप्तरी घर भइ विराटनगरबाट संगीत क्षेत्रमा संघर्षरत छन् ।

संगीत क्षेत्रमा मात्र नभएर अभिनयतिर पनि रुचि भएका अमनले आगामी गीतका भिडियोहरूमा आफैं अभिनय गर्ने योजना बनाएका छन् ।

ARVE Error: Mode: lazyload not available (ARVE Pro not active?), switching to normal mode

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!