२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सोलुखुम्बु, ७ मंसिर । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी भएको बताएका छन् । सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पनासमेत गर्न नसकिने उनले स्पष्ट पारे ।

यसैगरी उनले छिमेकी मुलुकहरुबाट दैनिक हजारौँ पर्यटक भित्र्याउनका लागि तराईदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीसम्म पुग्ने फास्ट ट्रयाकको सर्वे भइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!