
काठमाडौं, ९ मंसिर । कोरोना भाइरस महामारीको समयमै कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सुरु भएको छ । गत वैशाखमा हुन नसकेको परीक्षा आज बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षामा झन्डै चार लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।
कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ । सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।