२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरसविरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराएकाे छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोमले सफल परीक्षण भएका खोपहरु सबैका लागि समान रुपमा वितरण हुनुपर्ने बताए ।

जोखिममा रहेका सबैका लागि समान रुपमा खोपको वितरण गर्नका लागि ४ अर्व ३० करोड डलरको वितरण प्रणाली सम्बन्धी कोषको आवश्यकता रहेको पनि उनले बताए । कोरोनाविरुद्ध बनेका खोप धनी र पैसाको पहुँच भएकाहरुका लागि मात्र प्रयोग गरिने र गरिबहरुलाई बेवास्ता गरिनु नहुनेमा डब्लुएचओ प्रमुख टेड्रोसले सचेत गराए ।

विश्वमा हालसम्म बनेका कोरोना विरुद्धका ४ वटा खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्ये अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रा जिनिकाले निर्माण गरेको खोप सबैभन्दा सस्तो रहेको छ । अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गर्ने अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक गरिएका फाइजर बायो एन टेक र मोर्डनाले विकास गरेका खोपभन्दा अस्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप भण्डारण र ओसारपसारमा सहज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!