२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ९ मंसिर । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी उनी बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा परेकी हुन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन् । “यसबाट मैले थप प्रोत्साहन पाएकी छु । अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!