२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बर्दिबास, १० मंसिर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

हिजो भएको प्रदर्शन र भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले बर्दिबास नगरपालिका–१ का ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएकाे । घाइते न्यौपानेको काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारका सदस्य सौगात न्यौपानेले जानकारी दिए ।

उनकाे मृत्यु पछि पुनः हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले थप जनधनको क्षति हुनबाट रोक्नको लागि निषेधाज्ञा जारी गरेको बताए ।

बुधवार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लाग निषेधाज्ञा जारी गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।

यता, बर्दिबासका स्थानीयले बिहानैदेखि चोकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । बर्दिबास बजार पूर्णरुपमा बन्द गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!