२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गोरखा, १० मंसिर । गोरखाकाे गोरखा नगरपालिका–५, ठूलोरिपका स्थानीय कृषक सानुमाया थापामगरका परिवारले च्याउ खेतीबाट वार्षिक १२ लाख रुपैँयाभन्दा बढी आम्दानी गर्दै आएका छन् । सिताके च्याउको खेती गरेर नै थापामगरको परिवारका २२ जना परिवार पालिँदै आएका छन् ।

बजारमा राम्रो मूल्यमा बिक्रि हुने सिताके च्याउको व्यवसायिक खेतीका कारण उनी मालामाल भएकी छन् । थापामगरले २०७२ साल माघ महिनाबाट सिताके च्याउ खेती गर्न सुरु गरेकी हुन् । सिताके च्याउको खेतीबाट सिजनका बेला दैनिक ५ हजार रुपैँयासम्म आम्दानी गर्ने गरेको कृषक थापा मगरको भनाइ छ ।

अहिले बजारमा प्रतिकिलो ५ सय रुपैँयामा सिताके च्याउ बिक्रि हुने गरेको जानकारी उनले बताइन् । उत्पादन भएका च्याउ बजार भन्दा पनि वरपर र छरछिमेकलाई बिक्रि गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्‍याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ ।

बिशेषगरी, मंसिरदेखि चैत महिनासम्म यो च्याउको राम्रो उत्पादन हुने गर्छ । थापामगरको परिवारले दुई वटा प्लास्टिकको घर निर्माण गरेर सिताके च्याउको खेती गर्दै आएका छन् ।

ती घरमा करिब १ हजार वटा काठको मुढामा सिताके च्याउ खेती गर्दैै आएको उनले बताइन् । यसका लागि खासै धेरै लगानी पनि गर्नु नपर्ने किसान थापामगरको भनाइ छ ।

व्यवसायिक रुपमा च्याउ खेती गर्न थालेको ५ बर्ष भइसक्दा पनि कतैबाट पनि आर्थिक तथा प्राबिधिक सहयोग भने नपाएको उहाँले गुनासो गरिन् । सुरुमा काठको मुढामा च्याउको बिउ प्वाल पारेर रोपेपछि करिब ६ महिनापछि यसको उत्पादन सुरु हुन्छ ।

सुरुमा राम्रो हुदैन कि भन्ने लागेको भएपनि अहिले उत्पादन र आम्दानी भएको देखेर आफुहरु सिताके च्याउको खेतीबाट सन्तुष्ट भएको कृषक थापामगरले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!