२०८२ असार ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ११ मंसिर । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन् ।

इन्डियन एयर फोर्सको विमानबाट विदेश सचिव श्रृंगला बिहीबार बिहान १०:४० मा त्रिभुवन विमानजस्थल उत्रिए । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ । विदेश सचिव श्रृङ्गला यही मङ्सिर १२ गतेनै स्वदेश फर्कनेछन् ,

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!